काठमाडौं । काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । कृष्णपुर ०८, कंचनपुर स्थायी ठेगाना भएका ओझालाई मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गरेको हो ।
मन्त्रिपरिषदको बैठकले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
लामो समय पत्रकारितामा सक्रिय रहेका ३३ वर्षिय ओझासँग सञ्चार, वकालत, कर्पोरेट क्षेत्रमा उच्च व्यवसायिक तहमा काम गरेको अनुभव छ । उनले विभिन्न क्षेत्रमा १२ वार्षको कार्यअनुभव हासिल गरेका छन् । उनी कानुन व्यवसायीका साथै व्यवस्थापन कलेजका अध्यापक समेत हुन । उनले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञका रुपमा समेत कार्य गरेका छन् ।
त्यस्तै पर्यटन नीति २०८१ निर्माणमा संलग्न, नीति तथा कानुनी परमर्शदाताका रुपमा समेत उनले काम गरेका छन् । उनले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर, कानुनमा स्नातक, पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन् गरेका छन् ।
आर्थिक पत्रकारका रुपमा पनि उनले विभिन्न सञ्चारमाध्यामका काम गरेका छन् । उनले क्लिकमाण्डु डटकममा वरिष्ठ प्रबन्धक तथा विशेष संवाददाका रुपमा काम गरेको अनुभव छ । त्यस्तै हिमाल खबर पत्रिका, बिजमाण्डू,नेपाली टाइम्स, देश सञ्चार अनलाई, प्रशासनिक माकिस तथा ट्रिनिटी एक्जिम तथा वरुण वेभरेज (नेपालमा पेस्सी उत्पादन तथा वितरण गर्ने कम्पनी) मा समेत काम गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्