Skip to content

अभिकर्ता कमिसन र परिपक्व बीमा लाभ लिन मेट लाइफको आग्रह

nabil bank

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख परिपक्व (म्याचूर्ड) भएको लाभ (म्याचूरिटी बेनिफिट) र अभिकर्तालाई कमिसन रकम लिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आफ्नो बीमालेख आंशिक वा पूर्ण परिपक्व भएको खण्डमा सो बापतको लाभ लिन आग्रह गरेको हो ।

यसका लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह समेत गरेको छ । कम्पनीले बीमितसँग निरन्तर सम्पर्कमा रहन पर्ने भएकाले आफ्नो विवरण र मोबाइल नम्बर अद्यावधिक गर्न पनि भनेको छ । साथै केही पूर्व बीमा अभिकर्ताले कमिसन भुक्तानीका लागि पूर्ण कागजात पेश नगरेकाले सो गर्न समेत आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime