Skip to content

प्रहरीद्वारा एकै महिनामा ५२ करोड बढी राजस्व संकलन

nabil bank

काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट ५२ करोड ४७ लाख ६ हजार ८७९ रूपैयाँ राजस्व संकलन गरेको जानकारी दिए ।

सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व संकलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै २३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बढी राजस्व संकलन गरिएको छ । यो कुल राजस्व संकलनको ४५ प्रतिशतभन्दा बढी हो । त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट १६ करोड २७ लाख राजस्व संकलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट ९ करोड ५९ लाख रुपैयाँ, अवैध सुन चाँदी बरामदबाट १ करोड रुपैयाँ, हुण्डी कारोबार गर्नेबाट ३७ लाख रुपैयाँ राजस्व संकलन गरिएको प्रवक्ता आचार्यले बताए ।

उनका अनुसार स्रोत नखुलेको रकम रु ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार रुपैयाँ, अवैध काठ बरामदबाट ८ लाख ९१ हजार रुपैयाँ र अवैध पशुपन्छी नियन्त्रणबाट १५ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime