काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ९५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा रोखको छ । कम्पनीले ९५ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत तोकेर टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
साथै तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने उल्लेख गरेको छ ।






प्रतिक्रिया दिनुहोस्