काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ का लागि सेयधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको फागुन १२ गते बसेको बैठकले सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्ता पुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश छन् ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्