Skip to content
Prabhu

ङादी ग्रुपको ८ लाख ७३ हजार कित्ता भन्दा बढी संस्थाप सेयर बिक्री गर्दै, मूल्य प्रतिकित्ता १०० रुपैयाँ

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले ८ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले फागुन २० गतेदेखि ८ लाख ७३ हजार ६१.२५५ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीले उक्त सेयर सबैले किन्न पाउने गरी बिक्रीमा ल्याउन लागेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति फागुन २८ गते रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । यस्तो बोलपत्र नक्सालस्थित सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइँनेछ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal