Skip to content
Prabhu

म्याग्दीमा ९ मिनेटको अन्तरमा दोस्रो भूकम्प

काठमाडौं । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान ९ मिनेटको अन्तरमा लगातार दुईवटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको मुरी केन्द्रबिन्दु भएर बिहान ९ बजेर २६ मिनेट जाँदा दोस्रो भूकम्प गएको हो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो ।

यसअघि बिहान ९ बजेर १८ मिनेट जाँदा जिल्लाको मुना केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ३.५ म्याग्निच्युड रहेको थियो । सोमबार बिहान पनि लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पको तीव्रता ३.१ म्याग्निच्युड रहेको थियो । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal