काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको सेयर मूल्यमा पनि पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पहिलो एक घण्टाको अवधिमा यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य २५ रुपैयाँ १० पैसाले बढेर २७६ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९७ प्रतिशतले बढी हो । यस अघि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
यो अवस्थामा सेयर बजार परिसूचक पनि ६ दशमलव ०६ अंकले बढेर २७६४ दशमलव ८१ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ७१ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्