Skip to content
Prabhu

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं । ललितपुरमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२१ ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जन छन् ।

ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिकै रा १ ख ९५१ नम्बरको ट्रकले महर्जन सवार साइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते महर्जनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal