काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष गौरव अग्रवालको अध्यक्षतामा आज काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा सभा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर तिर्नका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना बदल्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्