काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार भएका कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज सेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र ल्यूब आयल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्य ८५ रुपैयाँ ८० पैसाले बढेर ९४४ रुपैयाँ पुगेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज ल्यूब आयलको सेयर मूल्य पनि ९.९७ प्रतिशत अर्थात् २५ रुपैयाँ १० पैसाले बढेर २७६ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीहरुमा सपोर्ट मइक्रो फाइनान्स वित्तीय संस्था, भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी र नेपाल रि इन्स्योरेन्स कम्पनी रहेका छन् । आज सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य २५५ रुपैयाँ ९० पैसाले बढेर ३ हजार १११ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.९६ प्रतिशतले बढी हो ।
त्यस्तै भूगोल इनर्जिको सेयर मूल्य पनि ६६ रुपैयाँले बढेर ८५१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.४१ प्रतिशतले बढी हो । त्यस्तै नेपाल रि इन्स्योरेन्सको सेयर मूल्य पनि आज ६.२८ प्रतिशत अर्थात् ७७ रुपैयाँले बढेर १ हजार २०४ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्