Skip to content
Prabhu

सेयर बजार सामान्य बढेको दिन विन नेपाल लघुवित्तको सेयर मूल्य सबै भन्दा धेरैले घट्यो

काठमाडौं । मंगलबार सेयर बजार सामान्य बढेको दिन विन नेपाल लघुवित्तको सेयर मूल्य सबै भन्दा धेरैले घटेको छ । आजको कारोबार बन्द हुँदा १३२ कम्पनीको सेयर मूल्य घटेको दिन विन नेपाल लघुवित्तको सेयर मूल्य ८.९७ प्रतिशतले घटेको हो ।

आज यो कम्पनीको सेयर मूल्य ३३९ रुपैयाँ १० पैसाले घटेर ३ हजार ४४० रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीमा राप्ती हाइड्रो एण्ड जनरल लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य पनि आज ४७ रुपैयाँ १० पैसाले घटेर ६५७ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६८ प्रतिशतले घटेको हो ।

global
अर्घाखाँची सिमेन्ट

आज रिलायन्स फाइनान्सको सेयर मूल्य पनि ४.६१ प्रतिशत अर्थात् २९ रुपैयाँले घटेर ६०० रुपैयाँ पुगेको छ । त्यस्तै छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि आज ४.१७ प्रतिशत अर्थात् २४ रुपैयाँले घटेर ५५१ रुपैयाँ पुगेको छ । मंगलबार बोटलर्स नेपाल बालाजुको सेयर मूल्य पनि ७५० रुपैयाँले घटेर १७ हजार ८०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.०४ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal