Skip to content
Prabhu

जीवन बीमा कम्पनीहरुको व्यवसाय खर्ब नजिक, नेपाल लाइफको मात्रै २६ अर्ब बढी

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्क रकम खर्ब नजिक पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको विवरण अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुको व्यवसाय ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ पुगेको हो ।

माघ महिनासम्मको अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुले १ करोड ३४ लाख ७ हजार ४८ बीमालेख मार्फत उक्त बीमा शुल्क संकलन गरेका हुने । माघ महिनासम्मको अवधिमा सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको शीर्ष स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
यो कम्पनीले मात्रै ७ महिनाको अवधिसम्मा २६ अर्ब रुपैयाँ भन्दा बढीको बीमा व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले माघ महिनासम्ममा १८ लाख ४६ हजार ७२ बीमालेख जारी गरेर २६ अर्ब ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै धेरै बीमा शुल्क संकलन गर्नेमा नेशनल लाइफ दोस्रो स्थानमा रहेको छ । यो कम्पनीले माघ मसान्तसम्मा १५ लाख ४२ हजार ७५२ बीमालेख जारी गरेर ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै यो अवधिमा एलआइसी नेपालले ११ अर्ब १७ करोड ९ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ । यो कम्पनीले हालम्ममा ६ लाख ८४ हजार २ वटा बीमालेख जारी गरेर उक्त व्यवसाय गर्न सफल भएको हो । त्यस्तै यो अवधिमा हिमालयन लाइफले ९ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले ४ लाख ५ हजार ३०९ बीमालेख मार्फत उक्त रकम बराबरको व्यवसाय गर्न सफल भएको हो । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले यो अवधिमा ७ लाख ८२ हजार ४०५ बीमालेख मार्फत ५ अर्ब ९५ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै यो अवधिमा सिटिजन्स लाइफले १० लाख ४५ हजार ८८५ बीमालेख मार्फत ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २४ लाख ७९ हजार ७०४ बीमा लेख जारी गरेर २ अर्ब ७९ करोड २५ लाख, सन नेपाल लाइफले ९ लाख २६ हजार ८५७ बीमालेख जारी गरेर २ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ र आइएमई लाइफले २ अर्ब ९० करोड ८२ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले ६ लाख २८ हजार ११४ बीमालेख जारी गरेर उक्त व्यवसाय गरेको हो ।

त्यस्तै यो अवधिमा एशियन लाइफले ५ अर्ब ७ करोड ८७ लाख रुपैयाँको बीमा शूल्क आर्जन गरेको छ । यो कम्पनीले ७ लाख ६४ हजार ३५४ वटा बीमालेख मार्फत उक्त रकमको बीमा शूल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ । त्यस्तै यो अवधिमा मेट लाइफले ३ अर्ब ३७ करोड ५२ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

यो कम्पनीले ७ लाख २९ हजार ८०९ वटा बीमालेख जारी गरेको छ । त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ७५ हजार ७६५ बीमालेख मार्फत ३ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ लाख ८३ हजार ६२४ बीमालेख मार्फत ३ अर्ब ८० करोड ९६ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले २ लाख १२ हजार ३९६ बीमालेख मार्फत २ अर्ब ८५ करोड ८९ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal