Skip to content
Prabhu

लघुवित्तको व्याज दर पनि बैंकको जस्तै आधार दर अनुसार परिवर्तन हुने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले कर्जाको व्याज दर परिवर्तन हुने भएको छ । हालको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट कर्जामा १५ प्रतिशत ब्याज लिनु पर्ने व्यवस्था रहेकोमा त्यसलाई परिमार्जन गर्दै आधार दरसँग आबद्ध गरी व्याजदर तय गर्न सक्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा लघुवित्त वित्तीय संस्थाले कर्जा लिने व्याज दर परिवर्तन गरेको हो । नयाँ कर्जाको व्याज दर २०८२ को जेठ देखि लागू हुनेछ । कर्जाको विद्यमान १.१ प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशत कायम गरिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै अर्धवार्षिक समीक्षामार्फत नन डेरिभरेवल फर्वार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत पुर्‍याइएको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal