Skip to content
Prabhu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४० औं वर्षमा प्रवेश, ३९ रुपैयाँमा बचत खाता खोल्ने अफर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४० औं वर्षमा प्रवेश गरेको छ ।वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले समस्त ग्राहकवर्गहरु, संस्थापक, सेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुलाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवाहरूलाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताउँदै डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता व्यक्त गरे । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट

सो बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरु प्रकाशन गर्दै आएको छ । यस ३९औं वार्षिकोत्सवमा पनि बैंकले आफ्नो सातौं संस्करण ‘डिजिटल बैंकिङको जादु’ नामक चित्र पुस्तक सार्वजनिक गरेको छ ।

उक्त चित्रकथाको एउटा महत्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरुलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरुको प्रयोग गर्न प्रेरित गराउनु रहेको छ ।

३९औं वार्षिकोत्सवमा बैंकले ग्राहकवर्गहरु माझ नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ । जुन खाता ग्राहकले ३९ रुपैयाँमै बैंक खाता खोल्न सक्ने छन् भने यसमा रु। ३९ मा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, ३९ रुपैयाँमा भर्चुवल प्रिपेड कार्ड सुविधा, ३९ रुपैयाँमा डेबिट कार्ड सुविधा, ३९ मा रुपैयाँ क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९ प्रतिशत छुट पाउनु हुनेछ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल २ सय ८३ शाखा, २ सय ६६ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । उत्कृष्ट सेवा र व्यवसायका लागि ७ वटा ‘बैंक अफ दि एयर’ अवार्ड प्राप्त गरिसकेको यस बैंकले अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’, ‘बेस्ट बैंक २०२१’ र ‘बेस्ट बैंक २०२३’ का लागि युरोमनी अवार्डहरु प्राप्त गर्न सफल भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal