Skip to content

सेयर बजार उच्च अंकले बढ्दा पनि धेरै घट्ने शीर्ष ५ कम्पनी

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार बन्द हुन्दा नेप्से परिसूचक करिब ५० अंकले बढेर कारोबार भएको छ । सेयर बजारमा उच्च अंकले बढेको दिन पनि ५२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, उपकार लघुवित्त, आइएमई लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर रहेका छन् । आजको कारोबार बन्द हुन्दा सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा भूगोल इनर्जी रहेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारभन्दा ७.१७ प्रतिशत अर्थात् ६१ रुपैयाँले घटेर ७९० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज उपकार लघुवित्तको सेयर मूल्य पनि ३१७ रुपैयाँ ४० पैसाले घटेर ४ हजार ७६० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ६.२५ प्रतिशतले कम हो । बिहीबार आइएमई लाइफको सेयर मूल्य पनि ४.१६ प्रतिशत अर्थात् २१ रुपैयाँ ९० पैसाले घटेर ५०४ रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्इ ५१ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ३.६९ प्रतिशतले कम हो । छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि आज ३.४५ प्रतिशत अर्थात् १९ रुपैयाँले घटेर ५३२ रुपैयाँ पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime