Skip to content

१ घण्टामा सेयर बजारमा ३ अर्ब माथिको कारोबार, परिसूचक पनि २५ अंकले बढ्यो

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा पहिलो एक घण्टाको अवधिमा ३ अर्बमाथिको कारोबार भएको छ । आजको पहिलो एक घण्टाको अवधिमा सेयर बजारमा ३ अर्ब २४ करोड ९४ लाख ५९ हजार २११ रुपैयाँ बराबरको कारोबार भएको हो ।

पहिलो एक घण्टामा नेप्से परिसूचक पनि २५ अंकभन्दा धेरैले बढेको छ । आजको कारोबार जारी रहँदा नेप्से २५ दशमलव ७५ अंकले बढेर २७९१ दशमलव ६४ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ७५ लाख ८३ हजार ३३३ कित्ता सेयर खरिद बिक्री भएको छ ।

यो अवस्थामा सेयर बजारमा १५९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ । ६ वटाको सेयर मूल्य स्थिर रहेको छ । यो अवस्थामा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime