Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६७ खर्ब ४० अर्ब, कर्जा प्रवाह ५४ खर्ब ४१ अर्ब मात्रै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढेर ६७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा गरी हाल उक्त रकम निक्षप संकल भएको हो ।

यो राष्ट्र बैंकको फागुन ११ गतेसम्मको विवरण हो । उक्त निक्षेप नेपाल राष्ट्र बैंकले पछिल्लोपटक अद्यावधिक गरेको विवरणअनुसार २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको हो ।

global
अर्घाखाँची सिमेन्ट

बैंकिङ क्षेत्रमा रहेको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरूमा मात्र ६० खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६० खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम ७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले ५४ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अवधिमा वाणिज्य बैंकहरुमार्फत प्रवाह भएको कर्जा ४८ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै पछिल्लो विवरणअनुसार विकास बैंक र फाइनान्स कम्पनीहरूले ६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) ७९.४१ प्रतिशत रहेको छ । अहिले अन्तर बैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ । पछिल्लो समय बैंकहरुमा अधिक तरलता बढीरहँदा केन्द्रीय बैंकले लगातार रुपमा रकम प्रशोचन गरिरहेको छ । मंगलबार मात्रै केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ बजारबाट उठाएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal