Skip to content
Prabhu

पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

काठमाडौं । पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको जाँचपास गरेर बाहिर आइसकेपछि उनीहरु पक्राउ परेका हुन् । अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको हो ।

global
अर्घाखाँची सिमेन्ट

विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए ।

सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभबाहेक अरू सबै महिला हुन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal