काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले माघ २१ देखि फागुन ५ गतेसम्म बिक्रीमा राखेको लिलामी शेयर हिजो बिहीबार बाँडफाँड गरेको छ । बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) १ हजार २२ रुपैयाँलाई आधार मानेर शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको हो ।
साथै बाँडफाँडमा नपरेकाहरूलाई १९ गते सोमबारदेखि आईपीएस मार्फत् रकम फिर्ता गरिने जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।






प्रतिक्रिया दिनुहोस्