Skip to content

जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व संकलन

nabil bank

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयको ५७ करोड सात लाख १७ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएकोमा हालसम्म उक्त राजस्व संकलन गरेको हो ।

यो चालु आवको वार्षिक राजस्व लक्ष्यको ४३ प्रतिशत मात्रै रहेको भन्सार कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिए । उनका अनुसार चालु आवको साउन महिनामा ७७.७८ प्रतिशत, भदौमा ५६, असोजमा ७७.४५, कात्तिकमा ६८.७१, मङ्सिरमा ७६.६०, पुसमा ८६.३१, माघमा ७९.६५ तथा फागुन १५ गतेसम्ममा २५.७९ प्रतिशत राजस्व संकलन भएको छ ।

उक्त भन्सारअन्तर्गत जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयर सामग्री, टायल्स, ग्रेनाइट, कोइला, कृषिउपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी एवं फलफूल, खेलकुद सामग्री, स्टेशनरी, विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत सामग्री आयात भएको भन्सार अधिकृत दासले बताए । उक्त भन्सार कार्यालयअन्तर्गत इनरुवा, मैनाथपुर तथा भडडीया छोटी भन्सार कार्यालयसमेत रहका छन् । ती कार्यालयलाई ५ हजारसम्मको भन्सार राजस्व लिने अधिकार रहेको छ । राजस्व संकलन लक्ष्यको तुलनामा कमी हुनुका मुख्य कारण चोरी तस्करी नियन्त्रण नहुनु, आर्थिक मन्दीलगायत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi