Skip to content

परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन नसकेर कोलकाता डाइभर्ट

nabil bank

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।

कतार एयरलाइन्सको दोहा उडानबाट काठमाडौं आउँदै गरेकी परराष्ट्रमन्त्री राणा सवार जहाज खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा ओर्लिन नसकेपछि कोलकाता डाइभर्ट गरिएको हो।

परराष्ट्रमन्त्री राणाका सल्लाहकार एकराज पाठकले दिएको जानकारी अनुसार कतार एयरलाइन्समार्फत दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको हो । काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए ।जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कँदै थिइन् ।

काठमाडौं उपत्यकामा आज बिहान हल्का पानी परेको थियो। हल्का पानीसँग काठमाडौंको अकाश तुँवालोले ढाकेको थियो। अहिले उपत्यकाको मौसम खुलिसकेको छैन। सोही कारण हवाई सेवा प्रभावित भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime