Skip to content

विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो

nabil bank

तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ ।

३ महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने ८ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ । यहाँ भने ९० दिनपछि लाइन काटिएको हो ।

लाइन काटिएका ८ सय ८८ ग्राहकबाट ४२ लाख ४२ हजार १ सय ९९ रुपैयाँ उठाउन बाँकी छ । यीबाहेक १ हजार ७ सय ३३ ग्राहकबाट ३ करोड १३ लाख ९२ हजार ३ सय ३६ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र प्रमुख गोशलीले जानकारी दिए । यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ ।

माघ मसान्तसम्म ८ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । जसबाट रु सात करोड ५९ लाख ५३१ राजश्व संकलन भएको छ । अग्रिम विद्युत् महसुल पनि उठ्ने गरेको छ । चालु आर्थिक वर्षको हालसम्म १३ लाख नौ हजार चार सय ९८ रुपैयाँ अग्रिम भुक्तानी हुने गरेको छ । आल अनलाइनबाट विद्युत् महसुल बुझाउने व्यवस्था छ तर हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime