काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन् । ५–अन्डर ६७ को स्कोरमा समग्रमा १८–अन्डर २७० सहित अत्यन्त रोमाञ्चक शैलीमा निरज तामाङलाई तोरणले एक स्ट्रोकले हराएका हुन् ।
उनले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन् । यसअघि सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए । उनले नगद १ लाख ५० हजार प्राप्त गरे। उनको करियरको यो तेस्रो उपाधि हो । च्याम्पियन तोरणले जतिकै ५–अन्डर ६७ स्कोर गरेका निरज समग्रमा १७–अन्डर २७१ सहित दोस्रो भए । उनले नगद १ लाख प्राप्त गरे ।
नेपाल नम्वर एक एमेच्योर गल्फर सदभाव आचार्यले आज दिनकै उत्कृष्ट ७–अन्डर ६५ को स्कोर निकाले । समग्रमा १३–अन्डर २७५ सहित तेस्रो भए । यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते। उनले राहुललाई ९ स्ट्रोकले हराए । समग्रमा ३–अन्डर ६९ स्कोर गर्दै समग्रमा ५–अन्डर २८३ सहित सञ्जय लामा चौथो भए। प्रो तर्फ तेस्रो हुँदै उनले ७५ हजार प्राप्त गरे । एमेच्योर राहुल समग्रमा पाँचौं भए। राहुले आज २–ओभर ७४ स्कोर जोडे । समग्रमा ४–अन्डर २८४ को स्कोर निकाले। एमेच्योरतर्फ उनी दोस्रो भए ।
दिनेश प्रजापति समग्रमामा ३–अन्डर २८५ सहित छैटौं भए। उनले आज इभन–पार ७२ को स्कोर गरे । प्रो तर्फ चौथो भएका उनले ६३ हजार हात पारे। नेपाल नम्बर एक भुवन नगरकोटीले आज ३–ओभर ७५ खेल्दै समग्रमा १–अन्डर २८७ स्कोर गर्दै सातौं भए । प्रो तर्फ पाँचौं हुँदा ५३ हजार आफ्नो नाममा लेखाए । जयराम श्रेष्ठले आज बिर्सनलायक ८–ओभर ८० को स्कोर गर्दा समग्रमा ३–ओभर २९१ सहित समग्रमा आठौं भए। प्रो तर्फ उनी छैटौं हुँदा ४६ हजार नगर पुरस्कार प्राप्त गरे ।






प्रतिक्रिया दिनुहोस्