Skip to content
Prabhu

७० करोडमा किन्न सकिन्छ अमेरिकाको नागरिकता, अन्य कुन देशमा किन्न पाइन्छ पैसाले नागरिकता ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ भिसा योजना सुरु गर्ने घोषणा गरेका छन् । यसको मूल्य ५ मिलियन डलर अर्थात् करिब ७० करोड रुपैयाँ हुनेछ । यो धनी व्यक्तिहरूका लागि अमेरिकी नागरिकता प्राप्त गर्ने मार्ग हुनेछ ।
global
अर्घाखाँची सिमेन्ट
ओभल अफिसमा पहिलो मन्त्रिपरिषद बैठकपछि ट्रम्पले भने, “यी व्यक्तिहरू धनी हुनेछन् र सफल हुनेछन् । यी व्यक्तिहरू धेरै पैसा खर्च गर्नेछन् र धेरै कर पनि तिर्नेछन्, जसले धेरै व्यक्तिलाई रोजगारी प्रदान गर्नेछ । हामीलाई लाग्छ कि यो योजना धेरै सफल हुने छ ।”
अमेरिकी वाणिज्य मन्त्री हावर्ड ल्युटनिकले पनि एक बैठकमा भने कि गोल्ड भिसाले विदेशी लगानीकर्ताहरूका लागि वर्तमान भिसा कार्यक्रमहरूको स्थान लिनेछ, तर उनले धेरै जानकारी भने बताएनन् ।
ट्रम्पको यस घोषणापछि जानकारहरू र अमेरिकी नागरिकता प्राप्त गर्न चाहने व्यक्तिहरूमा विभिन्न अड्कलहरू र आशंकाहरू उठेका छन् । यद्यपि, अमेरिका पैसा लिएर नागरिकता प्रदान गर्ने पहिलो देश हुनेछैन ।
कुन–कुन देशमा नागरिकता किन्न सकिन्छ ?
ट्रम्पले प्रस्ताव गरेको योजनाजस्तै योजना विश्वभरका धेरै देशमा सामान्य छन् । ‘गोल्डेन भिसा’ योजना धनी विदेशीहरूलाई ठूलो लगानीको बदलामा अन्य देशहरूमा बसोबास गर्ने र काम गर्ने अधिकार दिन्छ ।
यस्तै, ‘गोल्डेन पासपोर्ट’ योजना पनि छन् । जुन केही क्यारिबियन राष्ट्रहरूमा निकै लोकप्रिय छन् । यसमार्फत धनी व्यक्तिहरूले नागरिकता आवेदन दिएका मुलुकमा काम गर्न, मतदान गर्न, र अन्य नागरिक अधिकारहरू प्राप्त गर्न सक्छन् ।
हेनली एन्ड पार्टनर्स एडभाइजरी फर्मका अनुसार १०० भन्दा बढी देशले धनी व्यक्तिहरूलाई ‘गोल्डेन भिसा’ प्रदान गर्छन् । यी देशहरूमा बेलायत, स्पेन, ग्रीस, माल्टा, अस्ट्रेलिया, क्यानडा, र इटाली जस्ता देश समावेश छन् ।
सबैभन्दा सस्तो नागरिकता दिने देशहरूमध्ये  नाउरू पहिलो नम्बरमा छ, जहाँ नागरिकता लिन करिब दुई करोड रुपैयाँ मात्रै लाग्छ ।
डोमिनिका र एन्टिगुआ–बार्बुडामा करिअ तीन करोड रुपैयाँ लाग्छ भने टर्कीमा पाँच करोड रुपैयाँ, क्यानडामा चार करोड रुपैयाँ, ग्रीसमा करिब चार करोड रुपैयाँ र पोर्चुगलमा करिब ७ करोड रुपैयाँ लाग्छ ।
ट्रम्पको यो योजना विशेष गरी विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न ल्याइएको अनुमान गरिएको छ । किनभने यसअगाडि अमेरिकी इबी–५ भिसा कार्यक्रमअन्तर्गत, कुनै व्यक्तिले १० लाख डलर लगानी गरी  अमेरिकी ग्रीन कार्ड प्राप्त गर्न सक्थ्यो ।
तर ट्रम्पले प्रस्ताव गरेको नयाँ गोल्ड कार्ड भिसाले रोजगारी सिर्जना गर्ने कुनै सर्त नराखेको देखिन्छ । उनले भने, “यो योजना ती व्यक्तिहरूका लागि हो, जसका लागि पैसा कुनै समस्या होइन ।”
गोल्ड कार्ड भिसाबाट अमेरिका कति कमाइ गर्न सक्छ ?
इबी–५ भिसा कार्यक्रम सीमित संख्यामा मात्र उपलब्ध थियो, तर ट्रम्पको योजनाले सरकारलाई १० लाख गोल्ड कार्ड बेचेर ठूलो रकम संकलन गर्न मद्दत गर्ने लक्ष्य राखेको छ । ट्रम्पले भने, “यदि हामी १ करोड गोल्ड कार्ड बेच्यौं भने यो अमेरिकी घाटा कम गर्न ठुलो योगदान दिनेछ ।”
तर, गोल्ड कार्ड भिसा लिएका व्यक्तिहरूले अमेरिकी नागरिकता कहिलेसम्म पाउने भन्ने बारेमा अझै स्पष्ट जानकारी छैन ।
नागरिकता बेच्ने योजनाहरूको आलोचना किन गरिन्छ ?
स्पेन, बेलायत, र अन्य युरोपेली मुलुकहरूले यस्ता योजनाहरूको आलोचना गर्दै आएका छन् । अर्थव्यवस्था सहयोग तथा विकास संगठनले २०२३ मा प्रकाशित रिपोर्टमा भनेको थियो, “यस्ता योजनाहरूले विदेशी लगानीमार्फत आर्थिक वृद्धि त गर्छन्, तर अपराधी र भ्रष्ट अधिकारीहरूका लागि सजायबाट उम्कने माध्यम पनि बन्छ ।” युरोपेली संघले सन् २०२२ मा यस्तो योजनाहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
स्पेनले ‘गोल्डेन भिसा’ कार्यक्रम किन बन्द गर्यो ?
स्पेन सरकारले सन् २०१३ मा सुरु गरेको गोल्डेन भिसा कार्यक्रम २०२५ सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज ले भनेका छन्,  “घर हुनु एउटा अधिकार हो, व्यापार गर्ने साधन होइन ।”
त्यसैले स्पेन सरकारले ५ लाख डलरभन्दा बढीको सम्पत्ति खरिद गरेर नागरिकता लिने कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal