काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको फागनु १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति घोषणा गरेको हो ।
कम्पनीको ८ औँ साधारणसभा आगमी चैत ८ गते शुक्रबारका लागि बोलाएको छ । उक्त सभा बानेश्वरस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले चुक्ता पुँजीको १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्