काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ११ गते सोमबार दोस्रो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा बिराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र पुँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
यसका साथै गत आर्थिक वर्षको वर्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालक निर्वाचन गर्ने, सञ्चालकको भत्ता तथा सुविधा निर्धारण गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
प्रतिक्रिया दिनुहोस्