काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा पहिलो एक घण्टाको अवधिमा सेयर बजारमा साढे ३ अर्ब भन्दा बढीको कारोबार भएको छ । आजको कारोबार जारी रहँदा सेयर बजारमा ३ अर्ब ६३ करोड २३ लाख १३ हजार ७०६ रुपैयाँको कारोबार भएको हो ।
यो अवधिमा सेयर बजार परिसूचक पनि २७ दशमलव ६५ अंकले बढेर २८४२ दशमलव ६९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ७१ लाख ३४ हजार ७८६ कित्ता सेयर खरिद बिक्री भएको छ । मौद्रिक नीतिको दोस्रो त्रैमासिकको समीक्षा पछि बजार लगातार रुपमा बढी रहेको छ । यो अवस्थामा सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।






प्रतिक्रिया दिनुहोस्