Skip to content

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्यो

nabil bank

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन खुलेको छ । बैंकले १० वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ को आवेदन खुला गरेको हो ।

वार्षिक ७.५० प्रतिशत ब्याजदरको उक्त ऋणपत्रको प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्येबाट १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड हुनेछ । सर्वसाधारणमा बाँडफाँड हुने ऋणपत्रमध्येबाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ ।
यो ऋणपत्रमा आवेदन दिँदा घटीमा २५ कित्ताका लागि दिनुपर्नेछ भने बढीमा १२ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते हुनेछ । यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरेर भुक्तानी गरिनेछ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफ्टवेय ‘मेरो सेयर’ अनलाईन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime