Skip to content

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबारको सेयर बजार खुल्ने वित्तिकै गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गत साताको अन्तिम दिन बिहीबार पनि सकारात्मक सर्किट लागेर बन्द भएको यो कम्पनीको सेयर मूल्यमा आज पनि सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य आजको कारोबार खुल्न वित्तिकै १०३ रुपैयाँ ८० पैसाले बढेर १ हजार १४२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो कम्पनीको सेयर मूल्य दोस्रो बजारमा कारोबारमा आएदेखिनै लगातार रुपमा सर्किट लागेर कारोबार भइरहेको छ ।

यो अवस्थामा समग्र सेयर जबार परिसूचक पनि २५ दशमलव ५६ अंकले बढेर २८४० दशमलव ६० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६३ करोड भन्दा माथिको काराबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime