Skip to content

निर्माण भएको ५ वर्षसम्म पनि खानेपानी ट्यांकी प्रयोग भएन

nabil bank

दाङ । तुलसीपुर उपमहानगरपालिका– १९ स्थित सक्राममा निर्माण भएको खानेपानी ट्याङकी प्रयोग नहुँदै जीर्ण बनेको छ । पाँच वर्षअघि निर्माण सकिएको खानेपानी ट्याङ्की अहिलेसम्म प्रयोगमा आउन सकेको छैन ।

कुल ७५ लाख रुपैयाँमा ट्याङ्की निर्माण भएको थियो । जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले निर्माण गरेको उक्त ट्याङ्की डेढ लाख लिटर क्षमताको हो । ‘न त ट्याङ्कीमा कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिकै पानीका मुहान छन्’, स्थानीय देवराज वलीले भने, ‘हामी ट्याङ्की निर्माण गर्दादेखि नै अच्चमित भएका थियौँ, अहिले प्रयोगमै नआएपछि झनै अच्चमित भएका छौं ।’ मुन्द्रकोट सामुदायिक बन क्षेत्रमा उक्त खानेपानी ट्याङ्की निर्माण भएको हो ।

नजिकैको खोलाबाट पम्पिङ गरेर पानी तानिएको भएपनि बर्खामा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताए । ‘केही समयसम्म ट्याङ्की पानी राख्यौँ, तर लामो समयसम्म पानी ल्याउन सकिएन् ।’

धमधमेबाट त्यहाँ पानी ल्याउन सकिन्छ कि भनेर समेत छलफल अगाडि बढाएको भएपनि स्थानीयले नमान्दा समस्या भएको उनको भनाइ छ । खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्याङ्कीलाई काम लगाउन नसकिने उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime