Skip to content

पोखरामा क्यापिटल म्याक्स सेक्युरिटीजको शाखा

nabil bank

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटीज (ब्रोकर नम्बर ६२) ले पोखराको न्यूरोडमा शाखा विस्तार गरेको छ । क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको बताए ।

उनले भने, ‘हामीले धितोपत्र बोर्डको नियमभित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्यअनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताहरुले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहज रूपमा सेवा सुविधा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ ।’

काठमाडौंको कमलपोखरीमा मुख्य कार्यालय रहेको कम्पनीले देशका अन्य सहरहरुमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ ।

क्यापिटल म्याक्सले ग्राहकलाई सहजताका लागि अटो कोल्याटर लोड सुविधा अर्थात् लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकम बराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन् ।

आफूले सेयर बिक्री गर्दा कति नाफा वा घाटा भयो, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउने सक्ने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi