Skip to content

प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ दशमलव ०८ अंकले बढेर २८२९ दशमलव १२ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ३२ अंकले बढेर ४७३ दशमलव १४ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ८५ कम्पनीका १ लाख ३० हजार ८०० कित्ता सेयर २४२ पटक खरिद बिक्री हुँदा ९ करोड ५४ लाख ४८ हजार २१ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime