Skip to content

मानुषी लघुवित्तले साधारणसभा चैत १० गते, मर्जर प्रस्ताव मुख्य एजेण्डा

nabil bank

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ साधारभाको मिति घोषणा गरेको छ । लघुवित्तको फागनु १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १० गते आइतबारका दिन छैटौँ साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा भक्तपुरको जगातीस्थित होटल भ्यूमा बिहान साढे १० बजे बस्ने छ । सभामा अर्को कुनै उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक सबै काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ ।

साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime