काठमाडौं । आइतबारको सेयर कारोबार खुल्ने वित्तिकै समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको १० मिनेटमै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो अवस्थामा यो कम्पनीको सेयर मूल्य ३५३ रुपैयाँ ९० पैसाले घटेर ३ हजार १८५ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार भने २८ दशमलव ५० अंकले बढेर कारोबार भइरहेको छ ।
यो अवधिमा सेयर बजार परिसूचक २८४३ दशमलव १४ विन्दुमा पुगेको छ भने बजारमा ९८ करोड भन्दा माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्