Skip to content

सेयर बजारमा हरियाली छाएको दिन समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबार सेयर बजार उच्च अंकले बढेर बन्द हुँदा पनि एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आज सेयर बजारमा ४४ कम्पनीको सेयर मूल्य घटेको दिन समाज लघुवित्तको सेयर मूल्य ३५३ रुपैयाँ ९० पैसाले घटेर ३ हजार १८५ रुपैयाँ १० पैसा पुगेको हो । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले कम हो ।

आज धेरै सेयर मूल्य घट्ने शीर्ष पाँच कम्पनीहरुमा समाज लघुवित्त सहित अपर हेवाखोला हाइड्रोपावर, कुमारी सबल योजना, भूगोल इनर्जी र नेपाल हाइड्रो डेभलपर रहेका छन् । आज अपर हेवाखोलाको सेयर मूल्य ५४ रुपैयाँ ३० पैसाले घटेर ९३९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ५.४७ प्रतिशतले कम हो ।

त्यस्तै आज कुमारी सबल योजनाको सेयर मूल्य ०.३९ रुपैयाँले घटेर ९ रुपैयाँ ०२ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.०४ प्रतिशतले कम हो । आज भूगोल इनर्जीको सेयर मूल्य पनि ३.४२ प्रतिशत अर्थात् २७ रुपैयाँले घटेर ७६३ रुपैयाँ पुगेको छ । आइतबार नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ३३ रुपैयाँ ६० पैसाले घटेर ९६४ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ३.३७ प्रतिशतले कम हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime