Skip to content

सेयर बजार उच्च अंकले बढेको दिन ५ कम्पनीमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबार सेयर बजार उच्च अंकले बढेर बन्द हुँदा पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज सेयर बजारमा १९६ कम्पनीको सेयर मूल्य बढेर कारोबार हुँदा हिमालयन डिस्टिलरीको सेयर मूल्य १२० रुपैयाँ ९० पैसाले बढेर १ हजार ३२९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले धेरै हो । आज १० प्रतिशत सेयर मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १०३ रुपैयाँ ८० पैसाले बढेर १ हजार १४२ रुपैयाँ २० पैसा पुगेको छ ।

त्यस्तै, नेपाल लाइफको सेयर मूल्य आज ७६ रुपैयाँ ५० पैसाले बढेर ८४१ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशत आर्थात् ११५ रुपैयाँ ४० पैसाले बढेर १ हजार २७० रुपैयाँ ३० पैसा पुगेको छ । आइतबार दोर्दी खोला जलविद्युतको सेयर मूलइ पनि ३८ रुपैयाँ ४० पैसाले बढेर ४२२ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ९.९९ प्रतिशतले धेरै हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime