काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन खुला गरेको छ । कम्पनीले (आज) फागुन १८ गतेदेखि एफपीओमा आवेदन दिन सकिने जनाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको हो । आवेदन दिदाँ कम्तिमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । एफपीओ निष्कासन छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गतेसम्म खुला रहने छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफट्वेय ‘मेरो शेयर’ अनलाईन प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।
हाल यस कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ । फागुन १५ गते बिहीबार यस कम्पनीको प्रतिकित्ता सेयर मूल्य १ हजार २७ रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्