Skip to content
Prabhu

स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरी बीच बानेश्वरमा झडप

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो ।

झडपमा प्रहरी वृत्त बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ । संघर्ष समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गरिरहेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको थियो । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएको प्रहरीले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal