Skip to content

अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन यूनाइटेड अजोडको अनुरोध

nabil bank

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत असार ३१ गतेसम्म परेको कृषि तथा पशुपन्छी दाबी निवेदनमा अपुग कागजात पेश गरेर दाबी रकम लिन बीमितलाई आग्रह गरेको छ । कम्पनीले पहिलो पटक सूचना प्रकाशित गर्दा समेत केही बीमितले थप कागजात पेश नगरेको र बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएको कारण दाबी भुक्तानी प्रक्रिया रोकिएकाले पुनः सूचना प्रकाशित गर्नु परेको कम्पनीले जनाएको छ ।

कम्पनीले त्यस्ता बीमितहरूलाई थप कागजात पेश गर्न र प्रधान, प्रादेशिक, शाखा तथा उपशाखा कार्यालय वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गर्न १४ दिने थप समयावधि दिएको छ । यस अवधिमा पनि थप कागजात प्राप्त हुन नआएमा वा बीमित सम्पर्क बाहिर रहेमा त्यस्तो बीमितको दाबी फाइल बन्द गरिने जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi