Skip to content
Prabhu

म्याकडोनाल्ड्स र स्टारबक्सभन्दा बढी आउटलेट भएको चिनियाँ ब्राण्ड मिक्सयु

एजेन्सी । चिनियाँ ब्राण्ड मिक्सयुको आइसक्रिम र चिया हामीमध्ये धेरैका लागि अपरिचित हुनसक्छ । तर  के तपाईंलाई थाहा छ, यो चिनियाँ कम्पनीको आउटलेट्सको संख्या विश्व प्रसिद्ध म्याकडोनाल्ड्स र स्टारबक्सभन्दा धेरै छ ।
global
अर्घाखाँची सिमेन्ट
सोमबार, बबल टी चेनको सेयर हङकङ स्टक एक्सचेन्जमा सूचीबद्ध भयो । लगत्तै यसको शेयर मूल्य  ४० प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।
कम्पनीले वित्तीय केन्द्रमा यो वर्षकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) मार्फत ४४४ मिलियन डलर जुटाएको छ ।
मिक्सयुको लोकप्रियता त्यतिबेला बढिरहेको छ, जतिबेला धेरै चिनियाँ नागरिकहरू देशको आर्थिक चुनौतीहरू, जसमध्ये सम्पत्ति संकट, कमजोर उपभोक्ता तथा व्यापार विश्वासको सामना गरिरहेका छन् । यसले औसतमा प्रतिआइसक्रिम तथा पेय पदार्थ ६ चिनियाँ युआनमा बिक्री गर्छ ।
यो कम्पनीको स्थापना १९९७ मा झाङ होङचाओले गरेका थिए । जो हेनान विश्वविद्यालय अफ फाइनान्स एण्ड इकोनमिक्सका विद्यार्थी थिए । उनले आफ्नै परिवारको आर्थिक अवस्थालाई सघाउन पार्ट टाइम कामका रूपमा यस व्यवसायलाई थालेका थिए ।
यसको पूरा नाम मिक्सयु बिङचेङ हो । यसका स्टोरहरू स्नो किङ मस्कटले सजिएका हुन्छन्  । मिक्सयुका अनुसार, यसका ४५ हजारभन्दा बढी स्टोरहरू चीन तथा सिंगापुर र थाइल्याण्डलगायत ११ अन्य देशहरूमा सञ्चालनमा छन् । कम्पनीले आगामी दिनमा अझै विस्तार गर्ने योजना बनाएको छ ।
यसको तुलनामा, म्याकडोनाल्ड्सका ४३ हजारभन्दा बढी र स्टारबक्सका ४०  हजार ५७६ आउटलेटहरू छन् । चीनको सबैभन्दा ठूलो बबल टी, आइसड्रिङ्कस तथा आइसक्रिम चेनका रूपमा चिनिए पनि, मिक्सयु पारम्परिक ब्रान्डभन्दा बढी कच्चा पदार्थ आपूर्तिकर्ता (र–मटेरियल सप्लायर) को रूपमा सञ्चालन हुन्छ ।
स्टारबक्सले आफ्ना आधाभन्दा बढी स्टोरहरू प्रत्यक्ष रूपमा सञ्चालन गर्छ भने मिक्सयुका झण्डै सबै आउटलेटहरू फ्रेन्चाइजी सञ्चालकहरूले चलाउँछन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal