Skip to content
Prabhu

फागनु २७ गतेदेखि ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ खुल्दै

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आउदो फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीको उक्त आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको हो । जसमध्येबाट पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ । यसरी कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आवेदन अवधि छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते निष्कासन बन्द हुने भनिएको भए तापनि अहिलेको अवस्थामा आम नागरिकले आईपीमो देखाएको चासो र परिरहेको आवेदनलाई हेर्दा चैत ३ गतेभित्रै पर्याप्त आवेदन परिसक्ने निश्चित छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्