काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ५५ अंकले बढेर बन्द भएको हो ।
आजको उक्त सेसन पछि नेप्से परिसूचक २८७७ दशमलव २२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा कारोबार भएका कम्पनीमध्ये ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३५ अंकले बढेर ४८० दशमलव ९४ विन्दुमा पुगेको छ । मंगलबारको प्रि ओपन सेसनमा ७१ कम्पनीका ४७ हजार ७९६ कित्ता सेयर १५१ पटक खरिद बिक्री हुँदा ५ करोड ४२ लाख ३ हजार ५४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्