काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज पनि नकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको यो कम्पनीमा आज कारोबार खुलेको १० मिनेटमा नै नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य २८६ रुपैयाँ ६० पैसाले घटेर २ हजार ५८० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने ५ दशमलव २१ अंकले बढेर २८८१ दशमलव ८८ विन्दुमा पुगेको छ । २१ मिनेटको कारोबार जारी रहँदा सेयर बजारमा १ अर्ब १६ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्