Skip to content

सुनको मूल्य प्रतिताेला ९ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?

nabil bank

काठमाडौ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime