काठमाडौं । बुधाबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा ती नकम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयर बजार कारोबार बन्द हुँदा समाजल लघुवित्त, गार्डियन माइक्रो लाइफ र उन्नति सकार्य लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा समाज लघुवित्तको सेयर मूल्य २६९ रुपैयाँ ८० पैसाले बढेर २ हजार ९६८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य पनि १३८ रुपैयाँ २० पैसाले बढेर १ हजार ५२० रुपैयाँ २० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।
त्यस्तै आज उन्नति सहकार्य लुघवित्तको सेयर मूल्य पनि १७४ रुपैयाँले बढेर १ हजार ९२२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९५ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै सेयर मूल्य बढ्ने पाँच कम्पनीमा माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्इ २४ रुपैयाँ ७० पैसाले ३०४ रुपैयाँ ९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.८२ प्रतिशतले बढी हो ।
गुराँस लघुवित्तको सेयर मूल्य पनि आज ७.४२ प्रतिशत अर्थात् २३० रुपैयाँ ३० पैसाले बढेर ३ हजार ३३३ रुपैयाँ ३० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्