Skip to content

सेयर बजार घटेको दिन धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनी

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द भयो । सेयर बजार घटेको दिन आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, मनकामना इन्जिनियरिङ र नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२ रहेका छन् ।

आजको कारोबार बन्द हुँदा ग्रिन डेभलपमेन्ट बैैंकको सेयर मूल्य ९९ रुपैयाँ ९० पैसाले घटेर १ हजार ३६० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.८४ प्रतिशतले कम हो । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि आज ५.५१ प्रतिशत अर्थात् ७० रुपैयाँले घटेर १ हजार २०० रुपैयाँ पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज उपकार लघुवित्तको सेयर मूल्य २१० रुपैयाँले घटेर ४ हजार २१० रुपैयाँ पुगको छ । यो अघिल्लो दिनको भन्दा ४.१० प्रतिशतले कम हो । आज नेपाल इन्भेष्टमेन्ट डिबेन्चरको सेयर मूल्य ३.९५ प्रतिशत अर्थात् ४३ रुपैयाँ १० पैसाले घटेर १ हजार ४६ रुपैयाँ ९० पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्