Skip to content
Prabhu

नेपाल ग्रे लिस्टमा पर्नुमा को दोषी भन्नेबारे प्रमाण ल्याउने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुमा दोषी को भन्नेबारे प्रमाण लिएर संसदमा आउने दाबी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘हामी एफएटीएफमा कहिलेदेखि आवद्ध भयौँ । कहिलेदेखि हामी संलग्न छौँ । त्यो कालखण्डमा को प्रधानमन्त्री थियो, को अर्थमन्त्री थियो भनेर म लेख्ने छैन । यहाँहरूले त्यो कालखण्ड हेरिसकेपछि स्वतः थाहा पाउनु हुनेछ’, अर्थमन्त्री पौडेलले भने, ‘कुन कुन कालखण्डमा के के काम भयो र के के भएन? आज नेपाल ग्रे लिस्टमा पर्नुको कारण के हो? भन्ने विषयमा म सदनसमक्ष समय लिएर प्रस्तुत हुनेछु । त्यसका लागि अग्रिमरुपमा समय बुक गर्न चाहन्छु ।’

global
अर्घाखाँची सिमेन्ट

सांसद् स्वर्णिम वाग्लेले यसबारेमा अध्ययन नै नगरी टिप्पणी गरेको भन्दै अर्थमन्त्रीले आक्रोश पोखे । ‘अरू कसैले भनेको भए एउटा कुरा हुने थियो । सडकमा हुने टिप्पणी अर्को कुरा थियो । माननीय स्वर्णिम वाग्ले जसलाई यसबारेमा राम्रोसँग थाहा छ । तर, उहाँले नेपाल ग्रे लिस्टमा पर्नुको कारण यो सरकारमाथी लगाउनु भएको छ । उहाँलाई यो ठिक भनिन भने मनले नै भनिरहेको छ,’ उनले भने ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal