Skip to content
Prabhu

स्वरोजगार लघुवित्तको एफपिओमा १८ लाख ८२ हजार बढीको आवेदन

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १८ लाख ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिनको अन्तिम समयसम्ममा १८ लाख ८२ हजार ४२२ जनाले आवेदन दिएका हुन् ।

उक्त आवेदनबाट २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको एफपिओ १९ हजार ५७७ जनाले १०/१० कित्ताका दरले हात पार्नेछन् । जसमा साढे १८ लाखभन्दा बढीको हात रित्तो हुने भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्