Skip to content

एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं आइपुग्यो बुद्ध एयरको जहाज

nabil bank

काठमाडौं । बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ । बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो । जहाज जनकपुरबाट काठमाडौंका लागि ४ः४५ बजे उडेको थियो ।

काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जहाज सुरक्षित अवतरण गरिसकेको छ । जहाजमा ६२ जना यात्रु थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime